एकको मृत्यु हुने गरी नवलपरासीको दुम्किबासमा सवारी दुर्घटना
६ फागुन, कावासोती । गत बुधबार राति नवलपरासीको दुम्किबास ५ दाउन्ने ओरालोमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
बुटवलबाट नारायणगढतर्फ आउँंदै गरेको भारतीय नम्बर प्लेटको ए पी ०७ वाई ६३७७ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा ट्रक सहचालक भारतको आन्द्रप्रदेश बस्ने बर्ष ३० का रहेमान सेठको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
नवलपुरका प्रहरी नायव उपरीक्षक परशुराम तिवारीले बताए अनुसार उनको ट्रकमा च्यापिएर मृत्यु भएको खुल्नमा आएको छ । दुर्घटनामा परी चालक पनि सामान्य घाइते भएका छन् ।