बीरगंज नाकाबाट १० दिनमा झण्डै ५०० ट्यांकर इन्धन भित्रियो
बीरगंज, फागुन २ । बीरगञ्ज–रक्सौल नाका भएर दश दिनमा करिब पाँच सय ट्यांकर इन्धन भित्रिएको छ । नाकाबन्दी खुलेपछि बीरगन्ज नाका भएर आजसम्ममा ४९२ ट्यांकर पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन भित्रिएको हो ।
यस अवधिमा १८ बुलेट ग्यास पनि भित्रिएको छ ।
पेट्रोलियम पदार्थको तुलनामा ग्यास बुलेट भने कमै भित्रिरहेको वीरगञ्ज भन्सारका प्रवक्ता सुशील शर्माले जानकारी दिए ।
शुक्रबार र शनिबार मात्रै ७५ ट्यांकर डिजेल, २८ ट्यांकर पेट्रोल, २१ ट्यांकर हवाई इन्धन, ३ ट्यांकर मट्टितेल र १३ बुलेट ग्यास नेपाल भित्रिएको हो ।
वीरगञ्ज मुलुककै कुल खपतको ७० प्रतिशत इन्धन भित्रिने नाका हो ।



