[ ]
Latest News Updates

ADVERTISE WITH US

सडकवाट उछिट्टाएको ढुंगाले लाग्दा बागलुङमा एक जनाको मृत्यू / कारवाहीमा ट्रक चालक
Sunday, February 14, 2016 Posted by Chitra Khabar

कमल पौडेल बागलुङ फाल्गुन ०२,
बा २ ख ९२९६ नम्वरको ट्रकले सडक वाट उछिट्टाएको ढुंगाले लाग्दा बागलुङको खर्वाङमा एक जना महिलाको ज्यान गएको छ। शिसाखानी ४ स्थायी घर भई हाल दगातुन्डाडा ७ खर्वाङमा वस्दै आएका जित वहादुर पुन कि ३० वर्षिया श्रीमति टिका पुनको शनिवार विहान मृत्यू भएको हो।
सानो चिया पसल समेत संचालन गर्दै आएकि पुनले विहान ६ः४० वजे तिर सरसफाई गर्दै गर्दा बुटवलवाट वुर्तिवाङ तर्फ ग्याँस सिलिण्डर लिएर जाँदै गरेको ट्रकको टायरले उछिट्याएको ढुंगाले छातिमा लागी घाईते भएकि पुनको उपचारका लागी हटिया लैजादै गर्दा मृत्यू भएको प्रहरीले वताएको छ।
 ट्रक र चालकलाई ग्वालीचौर प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय वुर्तिवाङ पठाएको र थप अनुसन्धान भैरहेको प्रहरीचौकी खर्वाङका इन्चार्ज प्रहरी नायव निरिक्षक खिम वहादुर खत्रिले जानकारी दिनुभएको छ। मृतक टिका श्रीमान जित वहादुरले जिप चलाउँदै आएका छन्। नावालक २ छोरी र १ छोरा रहेको पुन परिवार विचल्लीमा परेको छ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi