[ ]
Latest News Updates

ADVERTISE WITH US

काठमाडौंदेखि भारतको कन्या कुमारीसम्म साइकलयात्रा
Sunday, February 14, 2016 Posted by Chitra Khabar

२ फागुन, काठमाडौं । काठमाडौंदेखि भारतको कन्याकुमारीसम्म पाँचहजार किलोमिटर साइकल यात्रा गर्ने भएका छन् तीनजना साइकलयात्रीले । योगचक्रले साइकल यात्रा आइतबार काठमाडौंको बुढानीलकण्ठबाट सुरु भएको साइकलयात्रीको बिदाई गर्दै नेपालका लागि भारतीय राजदूत रञ्जित रेले नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक रुपमा गहिरो सम्बन्ध रहेको बताउनु भयो ।  योगको माध्यमबाट दुई देशका नागरिकबीचमा गहिरो सम्बन्ध जोडेको पनि उनले उल्लेख गरे ।


योग तन, मन र जीवनलाई सन्तुलनमा राख्ने बलियो उपाय भएको भन्दै राजदूत रेले यसको विश्वव्यापीकरण पनि भइसकेको बताए । उनले विश्वलेसमेत योगलाई आत्मसात गर्दै योग दिवस मनाउन सुरु गरेको पनि उल्लेख गरे ।
कलात्मक योगका प्रवर्द्धक भरत ठाकुरले यो योग सुरु गर्न लागेका हुन् । विश्व शान्ति फैलाउने उद्देस्यका साथ यो साइकलयात्रा गर्न लागिएको हो । साइकलयात्रा ९० दिनको हुनेछ । काठमाडौंबाट सुरु हुने यात्रामा गोरखपुर, लखनऊ, आग्रा, दिल्ली, जयपुर, कोटा, भोपाल, नागपुर, हैदरावाद, बैंग्लोर, मैसुर, कोचिन, अलेपी र कन्याकुमारी सहर समेटिने छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi