आजदेखि घटेको भाडा लागू
फागुन २, काठमाडौं – पेट्रोलियम पदार्थको मूल्य घटेसँगै घटाइएको सार्वजनिक सवारी साधनको नयाँ भाडा आजदेखि लागू भएको छ ।
सरकारले शुक्रबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघमा पत्र पठाएपछि ब्यवसायीहरुले शनिबारदेखि नै नयाँ भाडा घटाइने भए पनि शनिवार भाडा घटाइएको थिएन । यातायात व्यवस्था विभागले गएको आइतबारदेखि नै लागू हुने गरी नयाँ भाडादर कामम गरेको थियो । महासंघले आइतबारदेखि पूर्णरुपमै घटेको नयाँ भाडादर कायम गरिने प्रतिवद्धता जनाएको छ ।
यात्रुवाहकमा २.५३, मालवाहक तराईमा ३.७६ र पहाडमा ३.२८ तथा टयाक्सीमा १.६५ प्रतिशत भाडा घटाइएको छ । नयाँ भाडादरअनुसार स्थानीय वा उपत्यकाका रूटमा कम्तीमा १३ र बढीमा २४ रुपैयाँ कायम गरिएको छ ।
टयाक्सी भाडा पनि प्रतिकिलोमिटरका दरले घटाइको छ । प्रतिकिलोमिटर एक रुपैयाँ भाडा घटाइएको विभागले जनाएको छ । तर अधिकांश ट्याक्सीले मिटर प्रयोग नगर्ने भएकाले ट्याक्सी प्रयोगकर्ता यात्रु भने मारमा पर्दै आएका छन् ।



