महिला टेम्पो चालकको कथामा ‘रामप्यारी’ / सार्बजानिक सवारी साधनमा हिट बन्दै ‘रामप्यारी’का गीतहरु
ट्राफिकखबर डट कममा फरक खबर हरेक पल हामीले राखिरहेका हुन्छौ , यातायात क्षेत्र र यसको सरोकारवाला निकायहरुको अपडेट र समाचार हामीले प्रकासित गर्ने गर्दछौ । यातायात , सडक सवारी , सवारी चालक , परिचालक लगायत , ट्राफिक प्रहरी अनि सडक दुर्घटना लगायतकाको जानकारी तपाइँ पाठक सामु पुराउने गर्दछौ । नेपालको यातायात सम्बन्धि पहिलो अनलाईन पत्रिकामा आज अर्को फरक प्रसंग चलचित्र को ।
नेपाली चलचित्र नगरीमा सफल ठहरिएको नायिका रेखा थापाले थुप्रै चलचित्रहरुमा अभिनय गरिसक्नु भएको छ । उनलाई नेपालको चर्चित अनि सफल नायिकाको रुपमा लिने गरिन्छ र यिनै सफल नायिकाले महिला टेम्पो चालक माथीको कथामा एउटा चलचित्र तयार पारेकी छिन चलाचित्रको नाम हो ‘रामप्यारी’ ।
सफल निर्देशक सबिर श्रेष्ठको निर्देसनमा तयार भएको यस चलचित्रमा नायिका रेखा थापाले अभिनय गर्नुको साथै उनको निर्माणमा पनि यो चलचित्र तयार भएको बताइन नायिका रेखा थापाले नै । अहिले राजधानी लगायत देशैभर यसै चलचित्र ‘रामप्यारी’ को बिभिन्न गीतहरु सार्बजानिक सवारी साधनका सवारी चालकहरुको रोजाईमा पर्ने गरेको छ । आफ्नो सवारी साधनको म्युजिक सिस्टममा चलचित्र ‘रामप्यारी’ को गीतहरु लोड गरिएको सुन्न पाइन्छ । र मध्य थप अर्को गित पनि अब सवारी चालक साथीहरुले सुन्न पाउनु हुनेछ । सोमबार चलचित्रको युनिटले डान्सिङ नम्बर 'छमछमती पाउजु " बोलको गीत सार्बजानिक गरेको छ ।
प्रदर्शन मिति नजिकिंदै गर्दा अहिले प्रचार प्रशारमा रेखा र उनको युनिट लागि परेको छ । युनिटले सोमबार सार्बजनिक गरेको गीतले पनि राम्रो साथ् पाउने आशा पनि गरिएको छ ।
सार्बजनिक गीतमा डेब्यू नायक आभास अधिकारी संगै नायिका रेखा थापा र आष्मा डी सी लाई देख्न सकिन्छ । गीतमा थानेश्वर गौतम र माण्डवी त्रिपाठीको स्वर रहेको छ भने संगीत पनि थानेश्वरले नै दिएका हुन्। रामजी लामिछानेको करियोग्राफी रहेको यस गीतले सफलता पाउना कोरियोग्राफर रामजी लामिछाने पनि ढुक्क रहेको बताउँछन् । फिल्म चैत्र २६ गते बाट प्रदर्शनमा आउने भएको छ ।




