नवलपरासीमा भएको बस दुर्घटना,२८ घाइते / ६ को अवस्था अझै गम्भीर
६ फागुन, नवलपरासी/ नवलपरासीमा हिजो तीन बस एकापसमा ठक्कर लाग्दा २८ जना घाइते भएका छन् जसमध्ये छ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी तीनवटै बसमा सवार भएका पेसेन्जर २८ जना घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते १० जनाको थप उपचारको लागी बिहिबार भरतपुर पठाईएको छ । त्यसैगरी, अन्य १८ जनाको अहिले कावासोतीमा उपचार भइरहेको बताईएको छ ।
बुधबार पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ कावासोती सडकखण्डको खरकट्टा जङ्गलमा सो दुर्घटना भएको हो । नारायणगढबाट डन्डा जाँदै गरेको स्थानीय रुटमा चल्ने ना २ ख ७९०८ नम्बरको बस, नारायणगढबाट बुटवल जाँदै गरेको ना ५ ख ५००६ को बस र अर्किड कलेज भरतपुरको ना १ ख ४८०० नम्बरको बस एकापसमा ठक्कर खाँदा सो दुर्घटना भएको प्रहरीले बताएको छ।




