[ ]
Latest News Updates

ADVERTISE WITH US

आइतबारबाट स्मार्ट लाइसेन्स / नविकरण गर्नेले पाउने भए स्मार्ट लाइसेन्स (थप जानकारी )
Thursday, February 18, 2016 Posted by Chitra Khabar

फागुन ६, काठमाडौं – सवारी चालक अनुमतिपत्र नविकरण गर्ने चालकले आइतबारबाट स्मार्ट लाइसेन्स पाउने भएका छन्। यातायात व्यवस्था विभागले बाग्मती अञ्चलमा मंसिर २० गतेबाट नै नयाँ सवारी चलाक अनुमति पत्र लिने चालकलाई स्मार्ट लाइसेन्स वितरण गरिरहेको छ।
विभागले बारम्बार चाँडै नविकरण र प्रतिलिपी लिने सवारी चालकलाई स्मार्टलाइसेन्स वितरण गर्ने भने पनि हालसम्म गरेको थिएन। अन्ततः आइतबारबाट भने यो प्रक्रिया सुरु गर्न खोजेको हो।
विभागका महानिर्देशन चन्द्रमान श्रेष्ठका अनुसार आइतबारदेखि बाग्मती अञ्चल यातायात कार्यालयबाट नविकरण गर्दा स्मार्ट लाइसेन्स पाउने छन्। नविकरण गर्नेले स्मार्ट लाइसेन्स पाएपनि प्रतिलिपी लिनेले भने केही समय अझै कुर्नुपर्ने श्रेष्ठले बताए। त्यस्तै विभागले फागुन २ गतेदेखि नै वर्ग थपमा समेत स्मार्टलाइसेन्स वितरण सुरु गरेको श्रेष्ठले सेतोपाटीलाई बताए।
यसअघि विभागले कहिले प्राविधिक र कहिले लोडसेडिङको समस्याले नविकरण र प्रतिलिपी गर्ने चालकलाई स्मार्ट लाइसेन्स वितरण गर्न असहज भएको बताउँदै आएको थियो। विभागले अब स्मार्ट लाइसेन्स वितरणमा कुनै पनि प्राविधिक समस्या नरहेको भएपनि प्रिन्टरको समस्या भने यथावत रहेको जनाएको छ। 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi