सिर्भिस क्याम्पमा सहभागि मल्लले पाए पुरस्कार
चितवन, फागुन १९–बजाज मोटरसाईकलको आधिकारिक विक्रेता नारायणी मोटर्स प्रा.लि.ले आज (बुधबार)देखि फ्रि सर्भिस क्याम्पस सुरु गरेको छ ।
तीन दिन सम्म चल्ने क्याम्पसमा बजाजको जुनसुकै मोटरसाईकलको पनि निःशुल्क सर्भिस गर्न पाउने नारायणी मोटर्सका प्रवन्ध निर्देशक बालगोपाल चुकेले जानकारी दिनुभयो । तीन दिन भित्रमा ग्राहकहरुले भरपुर रुपमा यसको फाईदा उठाउन सक्ने छन् । यस्तै निःशुल्क सर्भिस क्याम्पमा सहभागि हुनेहरु मध्य लक्की ड्र मार्फत एक जनालाई हरेक दिन समेत पुरस्कृत गर्ने व्यवस्था मिलाईएको छ ।
आज पहिलो दिन सर्भिस क्याम्पमा सहभागि जीवन मल्ल लक्कि ड्र मार्फत पुरस्कृत भएको प्रवन्ध निर्देशक चुकेले जानकारी दिनुभयो । उहाँले आकर्षक उपहार पाउनुभयो । “यो क्याम्प फागुन २१ गतेसम्म चल्ने छ, मोटरसाईकल धनीहरुलाई निःशुल्क सेवा पनि लिने र पुरस्कार पनि जित्ने सुनौलो मौका छ”–चुकेले भन्नुभयो ।





