[ ]
Latest News Updates

ADVERTISE WITH US

त्रिभुवन विमानस्थलमा गोमाको विमान चरासँग ठोक्कियो
Wednesday, March 2, 2016 Posted by Chitra Khabar

काठमाण्डौं,फागुन १९-
गोमा एयरको कल साइन एन-एकेजेड विमान दुर्घटनाबाट बचेको छ । विहान ८ बजेर ४६ मिनेटमा काठमाडौंबाट लुक्ला उडेको विमानमा चरा ठोकिएको हो ।
विमान धावनमार्गबाट उड्ने वित्तिकै चरा ठोक्किएपछि पाइलटले आकस्मिक अवतरण गराए । जहाजमा सवार सबै सकुसल रहेको गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए । जहाजमा ९ जना यात्रुहरु रहेका थिए ।

‘धावनमार्गमा चराहरु देखिएपछि उड्नै लागेको हाम्रो विमानलाई होल्ड गराइयो, सिकारीले चरा हटाएको टावरलाई जानकारी गराएपछि हामीलाई उड्न निर्देशन दिइएको थियो’ प्रबन्ध निर्देशक कार्कीले भने- ‘जहाज धावनमार्गबाट टेक अफ गर्न नपाउँदै चरा ठोक्कियो ।’

अरु चरा उडेपनि चारवटा चरा धावनमार्गमै रहेछन् । जहाजसँगै चराहरु पनि एक्कासी उडेपछि विमानमा ठोक्किएको बताइएको छ । चरा विमानको दायाँ पखेटामा ठोक्किएको थियो । चरा ठोक्किएपछि विमानको पखेटा सामान्य कुच्चिएको छ । विमानमा चरा ठोक्किएपछि उडान रद्द गरिएको छ ।

‘हामीले नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराइसकेका छौं, उहाँहरुको प्रमिसन पाउनासाथ कुच्चिएको भाग मर्मत गरेर जहाज उडाउँछौं’ प्रबन्ध निर्देशक कार्कीले भने- ‘आज जहाज मर्मत गरेर उडाउन भ्याइँदैन होला, भोलीसम्म मर्मत गरेर जहाज उडाउने योजना बनाएका छौं ।’ 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi