[ ]
Latest News Updates

ADVERTISE WITH US

वीरगंज पथलैया सडक अब ६ लेनको हुने
Monday, February 29, 2016 Posted by Chitra Khabar

मुलुकको प्रमुख व्यापारिक मार्ग वीरगन्ज पथलैया सडकखण्ड ६ लेनको अन्तर्राष्ट्रिय गुणस्तरको र व्यवस्थित बन्ने भएको छ। दैनिक हजारौं सवारी साधनको चापले साँघुरो भएको सडक ६ लेन तयार भएपछि साविकभन्दा पाँच गुना फराकिलो हुनेछ। 
 यस आर्थिक वर्षको बजेटमा परेको यो सडकखण्ड निर्माणको लागि प्रारम्भिक अध्ययन र सर्वे सकिएर डिजाइनमा तयार गर्ने काम सडक विभागले थालेको छ। विभागका इन्जिनियर तथा योजना प्रमुख रवीन्द्रलाल दासले आउँदो असार भित्रै ठेक्का प्रक्रिया पूरा गरिसक्नगरी काम अगाडि बढाइएको जनाए। 
 व्यपारिक मार्ग बिस्तार आयोजना अन्तर्गत बन्न लागेको ६ लेन सडकको लागि तीव्र गतिमा तयारी अगाडि बढाइएको छ, इन्जिनियर दासले भने, पाँच अर्ब ५० करोड यसको लागत अनुमान गरिएको छ, यस सडकखण्डमा पर्ने पुलहरुलाई पनि फराकिलो बनाउनु पर्ने हुन्छ। एक महिनाभित्रै निर्माणको लागि टेन्डर आह्वान भएर यसै आर्थिक वर्षभित्र ठेक्का जिम्मा लगाउने गरी काम अगाडि बढाइको उनले बताए ।
योजना अनुसार ६ लेन सडक पूर्वपश्चिम राजमार्गको पथलैयादेखि दक्षिण त्रिभुवन राजपथमा पर्साको लिपनी बिर्ताको परवानीपुरसम्म जोड्ने छ। मुलुकको ७० प्रतिशत व्यापार हुने वीरगन्ज नाका जोड्ने रक्सोल काठमाडौं त्रिभुवन राजपथको सडकखण्डले अहिलेसम्म सावारी आवागमन धानिदै आएको छ। पथलैयादेखि हेटौडा, नारायणगढ हुँदै काठमाडौ र अरु ठाउँ जान आउन पूर्वपश्चिम राजमार्ग भएर आहोरदोहार हुने गरेको छ। सबभन्दा बढी सवारीको चाप रहने खण्ड वीरगन्जदेखि पथलैयाको बीचमा भने पुरानै सडक छ।
 ५७ वर्ष अगाडि यो सडक बनेर तयार हुँदा नेपालमा सवारी साधन थोरै संख्यामा थिए। अहिले सयौं गुणा संख्यामा सवारी बढेपनिसडक भने उही छ। सडकको डिजाई आधुनिक किसिमले गरिन लागेको इन्जिनियर दासले बताए । ुसडकको मध्यमा यसलाई दुई तिर बाड्ने संरचना हुनेछ, दुवैतर्फ ३÷३ लेन बाटो हुने छ। प्रत्येक लेन ३ मिटरको हुनेछ, उनले प्राविधिक खाकाको रुपमा डिजाइनमा रुपान्तरण गर्न लागिएको अवधारणा बारे बताउँदै भने।नागरिक अनलाइनवाट

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi