[ ]
Latest News Updates

ADVERTISE WITH US

जन्ती चढेको बस दुर्घटना हुँदा ४ को मृत्यु
Saturday, March 5, 2016 Posted by Chitra Khabar

२३ फागुन, काठमाडौं । बर्दियामा विवाहको जन्ती बोकेको बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् . दुर्घटनाम ४ जनाको मृत्यु भएको छ  ।
दुर्घटनामा मृत्यु हुनेहरुमा धधवार गाविस ७ का १७ वर्षीय विष्णु थारु, १९ वर्षीय सन्तोष थारु, १९ वर्षीय निरज थारु र १४ वर्षीय अरुण थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बर्दियाको धधवार गाविस ७ दुध्धाबाट बबइ नगरपालिका १० शाहिपुरबाट जन्ती लिएर जाँदै गरेको भे १ ख ८५४ नम्वरको बस बबइ नगरपालिका-६ स्थित जम्ति खोलाको पुल नजिकै गएराति करिव १० बजेतिर पल्टिएको थियो ।
घाइते २६ जनालाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको छ जसमध्ये  ३ जनाको अवस्था गम्भीर रहेको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको बर्दियाबाट पत्रकार दीपक शर्माले जानकारी दिएबताईएको छ  ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi