[ ]
Latest News Updates

ADVERTISE WITH US

शनिबार साँझ डडेलधुरामा जीप दुर्घटना, ३ को मृत्यु
Saturday, March 5, 2016 Posted by Chitra Khabar

 शनिबार साँझ  डडेल्धुराको मणिलेकमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १  जना गम्भीर घाइते भएका छन् । से १ ज ७०६ नम्बरको जीप  मणिलेकबाट सदरमुकाम जाँदै गरेको जीप वडा नम्बर १ रडुवा भन्ने स्थानमा दुर्घटना भएको हो ।
 फाईल तस्बिर 
दुर्घटनामा मणिलेक-२ का ३० वर्षीय गाडी चालक सेरु भुल, मणिलेक ३ का ३४ वर्षीय छबिलाल अवस्थी र मणिलेक-१ का ३२ वर्षीय खडकराज अवस्थीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरिक्षक बिपिन कर्माचार्यले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मणिलेक गाविस १ कै गाडी धनि गणेश अवस्थीलाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ । केआई सिंह राजमार्ग पुग्नु भन्दा ३ किलोमिटर अघि रडुवामा जीप दुर्घटना भएको हो । जीप सडकभन्दा ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi