[ ]
Latest News Updates

ADVERTISE WITH US

सोरुम विस्तार गर्दै यामाहा /तुलसीपुरमा नयाँ डिलर ड्रिमल्यान्ड ट्रेडर्स प्रालिको स्थापना
Thursday, March 10, 2016 Posted by Chitra Khabar

फाल्गुन २७ बिहीवार ,काठमाडौं
यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेज प्रालिले तुलसीपुरमा आफ्नो नयाँ डिलर ड्रिमल्यान्ड ट्रेडर्स प्रालिको स्थापना गरेको छ।
 डिलरको उद्घाटन राष्ट्रिय यातायात महासंघका उपाध्यक्ष सुरेश हमाल, हास्यकलाकार कमल गाउँलेले गरेका छन्। यो सोरुम कम्पनीको ‘यस यामाहा' अभियानको हिस्साको रूपमा खोलिएको हो। 
सोरुमबाट सेल्स, सर्भिस र स्पेयर पार्टसको उत्कृष्ट सुविधा उपलब्ध हुने कम्पनीका अध्यक्ष सहदेव श्रेष्ठले बताए। 
खरिद गर्न आउने ग्राहकको सुविधालाई ध्यानमा राखेर सोरुमभित्रै फाइनान्स कम्पनीसँगको सहकार्यमा न्यून ब्याजदर र सरल किस्तामा तत्काल बाइक तथा स्कुटर खरिद गर्न फाइनान्सको सुविधा उपलब्ध गराइएको छ भने उत्कृष्ट एक्सचेन्ज हाउससँग सहकार्य गरी तत्कालै पुराना बाइक तथा स्कुटरको उचित मूल्यका साथमा बाइक तथा स्कुटर एक्सचेन्ज पनि गराइने कम्पनीले जनाएको छ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi