[ ]
Latest News Updates

ADVERTISE WITH US

हिमालय एयरलाइन्सले भित्र्यायो पहिलो जहाज / चैत्र ३० गतेबाट व्यावसायिक उडान सुरु हुने
Thursday, March 10, 2016 Posted by Chitra Khabar

फाल्गुन २७ काठमाडौं: निजी क्षेत्रको अन्तर्राष्ट्रिय उडानको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलो जहाज काठमाडौं भित्र्याएको छ।
नेपाली र चिनियाँको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले एयवस कम्पनीको ए ३२० नामक जहाज बुधबार अपरान्ह काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।

यो जहाज नेपालमा ९एन-एएलएमको कलसाइनमा दर्ता भएको हिमालय एयरलाइन्सले जानकारी दिएको छ । यो जहाजलाई चीनको चेन्दुबाट बुधबार नै काठमाडौं ल्याइएको हो।

जहाज हस्तान्तरण कार्यक्रममा हिमालय एयरलाइन्सका अध्यक्ष चेङ हुई, प्रशासनतर्फका उपाध्यक्ष विजय श्रेष्ठ, अपरेसनका उपाध्यक्ष कप्तान जतिनदर पालसिहं ढिल्लन लगायतमा व्यक्ति उपस्थित रहेको एयरलाइन्सले जानकारी दिएको छ।

हिमालयले भित्र्याएको यो जहाज एक सय ५८सिट क्षमताको छ। यो जहाजको आठ वटा सिट विजनेसक्लासको छ भने बाँकी एक सय ५० वटा इकोनोमीक्लासको छ ।

यो वायुसेवाले आगामी चैत्र ३० गतेबाट व्यावसायिक उडान सुरु गर्ने जानकारी दिएको छ। हिमालयको पहिलो उडान गन्तव्य काठमाडौंबाट भारतको दिल्ली र कतारको दोहा हुने भएको छ।
यो वायुसेवाले दुवै गन्तव्यमा दैनिक एकएक उडान गर्ने जानकारी दिएको छ। यो वायुसेवाले एयरलाइन्सले विमान चालक, परिचारिका र प्राविधिक लगायतका जनशक्तिलाई आवश्यक तालिम दिइसकेको जानकारी दिएको छ।
यसले आगामी सन् २०१५ को जुलाई भित्रै अर्को एकएक वटा ए ३१९ र ए ३२० नामक जहाज थप गर्दै चीनको ल्हासा, चेंन्दु र बेइजिङसम्म उडान गर्ने तालिका तयार पारेको एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यो वायुसेवाले आगामी पाँच वर्ष भित्रमा १५ वटा जहाज पुर्‍याउने योजना अगाडि सारेको छ। यो वायुसेवाले जापान, कोरिया, युरोप, अस्ट्रेलिया र अमेरिकासम्मको उडान गर्ने योजना बनाएको जानकारी पनि विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi