[ ]
Latest News Updates

ADVERTISE WITH US

लोकेसन ट्रयाकिङ सिष्टम सहितको हाइटेक मेट्रो बस राजधानीमा
Sunday, March 13, 2016 Posted by Chitra Khabar

३० फागुन, काठमाडौं । 
आइतबार बाट काठमाडौं उपत्यकामा अत्याधुनिक बसहरु संचालनमा आउने भएका छन् । १६ करोडको लगानीमा महानगर यातायात प्रालिले सुविधासम्पन्न ३९ वटा बस आजैदेखि संचालनमा ल्याउन लागेको हो । 
महानगर यातायात प्रालिले नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधि जडित हाइटेक मेट्रो सेवा सुरु गर्न लागेको हो । हाइटेक बस सञ्चालन भएसँगै सकसपूर्ण सार्वजनिक यातायातलाई केही मात्रामा भए पनि सहज, सुरक्षित, आनन्ददायी र मनोरञ्जनात्मक हुने भएको छ । बस चलेपछि उपत्यकामा भद्रगोल ट्राफिक व्यवस्थापनमा केही सहज हुने अनुमान गरिएको छ। बसले चक्रपथ परिक्रमा गर्नेछ । लोकेसन ट्रयाकिङ सिष्टम सहितको मोबाइल एप्स पनि आजैबाट संचालनमा ल्याउने व्यवसायीहरुले बताएका छन् । जुन एप्सबाट यात्रुहरुले आफू बसेको स्थानबाट नजिकैको दुरीमा रहेको बस र यात्रुको संख्याबारे समेत जानकारी लिन सक्छन् ।यसले सेवा दिन थालेपछि सार्वजनिक यातायालते नयाँ परिभाषा पाउने विश्वास महानगर यातायात प्रालिको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi