[ ]
Latest News Updates

ADVERTISE WITH US

सप्तरीमा भ्यान दुर्घटना / एकको मृत्यु ,आधा दर्जन घाईते
Thursday, March 10, 2016 Posted by Chitra Khabar

२७ फागुन, सप्तरी । सप्तरीको योगिनियाँ गाविसस्थित राजविराज भारदह सडक खण्डमा बिहीबार सबारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आधा दर्जन यात्री घाइते भएका छन् ।
सुनसरीको इनरुवाबाट तरकारी बोकेर राजविराज तर्फ आउदै गरेको को. १ च ७७०५ नम्बरको भ्यान अनियन्त्रित भई पल्टेर दुर्घटना भएको हो । दुर्घटनामा भ्यानमा सवार १ नम्बर योगिनियाँ गाविस वडा नम्बर १ बस्ने ४५ बर्षीया रामेश्वर साहको ज्यान गएको प्रहरीले जनाएको छ । उनको घट्नास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा घाइते भएका अन्य ५ जनाको राजविराजस्थित गजेन्द्र नारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।  

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi