[ ]
Latest News Updates

ADVERTISE WITH US

कोबेल्कोले ल्यायो नयाँ एस्काभेटर
Sunday, March 13, 2016 Posted by Chitra Khabar

काठमाडौं – नेपालका लागि कोबेल्को कन्स्ट्रक्सन मेसिनरीको आधिकारीक बिक्रेता पूजा कन्स्ट्रक्सन नेपालले एसके १४० एचडी एलसी एस्काभेटर सार्वजनिक गरेको छ । इँटा कारखाना, सिँचाई, सडक कटिङ तथा अन्य निर्माण कार्यमा १४ टन एस्काभेटरको माग बढेपछि यो मेसिन नेपाल भित्र्याएको कम्पनीले जनाएको छ ।
कोबेल्को कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डिया प्रालिका डारेक्टर तथा कार्यकारी उपाध्यक्ष कोजी नाकागावाले नयाँ मोडलको एस्काभेटर काठमाडौंमा सार्वजनिक गरे । कम इन्धन खपत, उच्च प्रतिफल र उत्पादकत्वका कारण यो मेसिन निर्माण क्षेत्रमा काम गर्नेहरुको पहिलो रोजाई भएको उनले बताए ।
सो कम्पनीका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विक्रम शर्माले उच्चस्तरीय जापानी प्रविधिबाट बनेको यस मेसिनमा आधुनिक विशेषताहरु रहेको बताए । २० हजार घण्टा भन्दा बढी समय चल्ने, धेरै कठिन क्षेत्रमा पनि काम गर्न सकिने भएकाले यसको माग उच्च रहेको उनको भनाई छ । भारत र नेपालमा गरि ५४०० कोबेल्को एस्काभेटर कार्यक्षेत्रमा परिचालित रहेको उनले जानकारी दिए ।नेपालका लागि कोबेल्को कन्स्ट्रक्सन मेसिनरीको आधिकारीक बिक्रेता पूजा कन्स्ट्रक्सन नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक विजुक्छेले नेपालमा कन्स्ट्रक्सन मेसिनरीको कुल बजारको २७ प्रतिशत हिस्सा कोबेल्कोले लिएको बताए । तीन वर्षको अवधिमा यति ठूलो हिस्सा लिनु महत्वपूर्ण सफलता भएको भन्दै नयाँ मेसिन समेत बजारमा आएकोले एक वर्षभित्र बजार हिस्सा ३५ प्रतिशत पुर्याउने बताए ।
कोबेल्कोको २१ टन क्षमताका १२० वटा एस्काभेटर निर्माण क्षेत्रमा रहेको जानकारी दिदै १४ टनका नयाँ मेसिन थपिएपछि वार्षिक ८० देखि १०० वटा मेसिन बेच्ने योजना रहेको उनले बताए । हाल काठमाडौंको भिमसेनस्थानमा रहेको यस कम्पनीले पोखरा, नेपालगञ्ज, विराटनगरमा चाँडै सेल्स तथा सर्भिस आउटलेट खोल्ने उनले जानकारी दिए । कम्पनीले बिक्रीपछिको मर्मत सेवालाई विशेष प्राथमिकतामा राखेको बताएको छ ।
सरकारलाई एकथान एस्काभेटर अनुदान
कोबेल्को कन्सट्रक्सन मेसिनरी कम्पनील लिमिटेड जापानले नेपाल सरकारलाई एसके १४० एचडीएलसी एस्कभेटर निशुल्क दिएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदाहित्व अन्तरगत ६९ लाख रुपैयाँ पर्ने सो एस्काभेटर पुर्ननिर्माण, पुर्नस्थापना र उद्धार कार्यमा प्रयोग हुनेगरी सहयोग दिएको जनाएको छ । कम्पनीका कार्यकारी उपाध्यक्ष कोजी नाकागावाले यातायात विभागका महानिर्देशक माधव कार्कीलाई एस्काभेटरको साँचो दिई सहयोग हस्तान्तरण गरेका हुन् । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi