महिन्द्राको जीटो पिकअप नेपालमा
काठमाडौं – महिन्द्राको जीटो पिकअप नेपालमा भित्रिएको छ । नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बितरक दुगड ब्रदर्स एन्ड सन्सले जीटो पिकअपलाई नेपालमा भित्र्याएको हो । उक्त पिकअपमा ६२५ सिसीको इन्जिन प्रयोग गरिएको छ र सहरी क्षेत्रमा सामान ढुवानी गर्नका लागि निकै नै उपयुक्त छ । 

सुरक्षाका लागि जीटोमा गुणस्तरीय बडी र च्यासिसका साथै लामो ह्वीलबेसको प्रयोग गरिएको छ । सानो स्थानमा पनि सहजै पार्किङ गर्न सकिने भएकाले जीटो निकै नै उपयुक्त छ । अन्य पिकअपको तुलनामा यसले ३० प्रतिशत बढी कमाई दिने कम्पनीको दावी छ । त्यसैकारण नै कम्पनीले यसका लागि ‘सही रोजौ धेरै कमाऔं’ भन्ने स्लोगान नै राखेको छ ।
प्रतिलिटर ३७.६ किलोमिटर माइलेज दिने जीटोमा ३ बर्ष वा ४० हजार किलोमिटरको वारेन्टी उपलब्ध छ । पिकअप जीटोमा ६०० र ७०० केजी भारवहन क्षमता भएकाले नेपाली बजारका लागि उपयोगी हुने कम्पनीको दाबी छ । महिन्द्रा जीटोमा एमडुरा इन्जिन प्रयोग गरिएको छ भने ११ र १६ एचपीको पावर, प्रतिलिटर ३७ किमि माइलेजलगायतका सुविधा रहेको कम्पनीले बताएको छ । एस सिक्स–११, एल सिक्स ११ र एक्स सेभेन–१६ तीन मोडलसहितको जीटो पिकअपको नेपाली बजारमूल्य ८ लाख २५ हजारदेखि ९ लाख ५० हजार पर्ने कम्पनीले जनाएको छ । कम्पनीले गाडी खरिदमा एक वर्षको फुल इन्स्योरेन्स, आर्थिक वर्षको सवारीकर र दुई वर्ष वा ४० हजार किमिसम्मको वारेन्टी दिइने बताएको छ ।