[ ]
Latest News Updates

ADVERTISE WITH US

हुन्डाईको अल न्यु टुसन नेपालमा
Sunday, March 13, 2016 Posted by Chitra Khabar

काठमाडौं – हुन्डाईको नेपालस्थित अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अल न्यू टुसन गाडी नेपाली बजारमा ल्याएको छ ।यसमा हुन्डाई मोटर्सको Fluidic Sclupture 2.0 डिजाइन सिद्धान्तमा आधारित डिजाइन र प्रविधि प्रयोग गरिएको छ, जुन हुन्डाईकै निम्ति नयाँ छलाङ हो । उपभोक्ताका लागि भने यसले अपेक्षाभन्दा बढी नै सन्तुष्टि प्रदान गर्नेछ । नयाँ टुसन बाहिराबाट जती आकर्षक देखिन्छ, यसको भित्री भाग पनि उत्तिकै आकर्षक, सुविधायुक्त तथा आरामदायी पनि छ । यस गाडीमा ड्राइभर तथा प्यासेन्जरको सुरक्षालाई मध्यनजर गरी विशेष महत्वका साथ विभिन्न सुरक्षा फिचर समावेश गरिएको छ ।
हाल नयाँ टुसन २.० पेट्रोल म्यानुअल र अटोमेटिक तथा २.० डिजेल अटोमेटिकमा उपलव्ध हुनेछ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi