[ ]
Latest News Updates

ADVERTISE WITH US

अत्याधुनिक मेट्रोबसमाथि पहिलो दिनमै आक्रमण
Monday, March 14, 2016 Posted by Chitra Khabar

१ चैत, काठमाडौं । काठमाडौंको रिङरोडमा आज देखि शुरु भएको अन्तराष्ट्रिय स्तरको सुविधासहितका मेट्रोबस पहिलो दिनमै आक्रमणको शिकार भएको छ । महानगर यातायात प्रा.लि.ले राजधानीमा आइतबार उद्घाटन गरेको हाइटेक मेट्रोबसमा बल्खुमा आक्रमण भएको हो ।
फाईल तस्बिर 
अज्ञात ब्यक्तिहरुले बल्खुमा महानगरको बसमा ढुंगा हानेर भागेको महानगरका अध्यक्ष मधुसुधन अधिकारी उपाध्यायले जानकारी दिए ।
आफूहरुले ल्याएको सुविधा सम्पन्न बसले ब्यवसाय विस्थापित हुने डर भएका कायरहरुले बसमाथि आक्रमण गरेको उनको भनाइ छ ।
संस्थाका उपाध्यक्ष सन्तोष खतिवडाले आफूहरुले राम्रो शुरुवात गर्दा आक्रमण सहनु परेको गुनासो गरे । पहिलो दिनमै बसमाथि भएको आक्रमणले अब्यवस्थित बस सेवा दिएर यात्रुको सास्ती भन्दा पनि नाफामा केन्द्रित रहेकाहरु तर्सिएको पुष्टी भएको उनको भनाइ छ । आक्रमणकारीको खोजी भैरहेको प्रहरीले जनाएको छ ।नेपालीहेडलाइन्सबाट 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi