उपत्यकाका २१ स्थानमा आकाशे पुल आवश्यक
महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाभित्र भीडभाड हुने २१ स्थानमा आकाशे पुल आवश्यक रहेको बताएको छ ।
महाशाखाका अनुसार सधैं भीडभाड हुने
पुतलीसडक, माइतीघर, बबरमहल, बानेश्वर, मीनभवन, कोटेश्वर, एअरपोर्ट गेट,
गौशाला, चाबहिल, महाराजगन्ज, कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर,
थापाथली, केशरमहल, सोह्रखुट्टे गल्कोपाखा, पाटन, बौद्ध र सातदोबाटोमा आकाशे
पुल आवश्यक छ ।
यी स्थानमा आकाशे पुल नहुँदा ट्राफिक व्यवस्थापनमा कठिनाइ भइरहेको छ ।
महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले
बढ्दो सवारीसाधन र आकाशे पुलको अभावमा ट्राफिक व्यवस्थापनमा समस्या परेको
बताए । उनले भने, “दुईजना मानिस बाटो काट्दा दर्जनौँ सवारीसाधन रोकिन्छन्
त्यसलाई व्यवस्थापन गर्न ट्राफिकलाई गाह्रो परेको छ ।”
अहिले उपत्यकाभित्र २२ स्थानमा आकाशे पुल र एक सब–वे रहेका छन् । रासस




