[ ]
Latest News Updates

ADVERTISE WITH US

सिनेमाको पर्दामा महिला टेम्पो चालकको कथा / यस्तो छ ट्रेलर रेखा थापा अभिनित फिल्म "‘रामप्यारी’को
Friday, March 25, 2016 Posted by Chitra Khabar

ट्राफिकखबर डट कममा फरक खबर हरेक पल हामीले राखिरहेका  हुन्छौ , यातायात क्षेत्र र यसको सरोकारवाला निकायहरुको अपडेट र समाचार हामीले प्रकासित गर्ने गर्दछौ ।  यातायात , सडक सवारी , सवारी चालक , परिचालक लगायत , ट्राफिक प्रहरी अनि सडक दुर्घटना लगायतकाको जानकारी तपाइँ पाठक सामु पुराउने गर्दछौ । नेपालको यातायात सम्बन्धि पहिलो अनलाईन पत्रिकामा आज अर्को फरक प्रसंग चलचित्र को ।
नेपाली चलचित्र नगरीमा सफल ठहरिएको नायिका रेखा थापाले थुप्रै चलचित्रहरुमा अभिनय गरिसक्नु भएको छ । उनलाई नेपालको चर्चित अनि सफल नायिकाको रुपमा लिने गरिन्छ र यिनै सफल नायिकाले महिला टेम्पो चालक माथीको कथामा एउटा चलचित्र तयार पारेकी छिन चलाचित्रको नाम हो ‘रामप्यारी’ ।
 सफल निर्देशक सबिर श्रेष्ठको निर्देसनमा तयार भएको यस चलचित्रमा नायिका रेखा थापाले अभिनय गर्नुको साथै उनको निर्माणमा पनि यो चलचित्र तयार भएको बताइन नायिका रेखा थापाले नै ।  अहिले राजधानी लगायत देशैभर यसै  चलचित्र ‘रामप्यारी’ को बिभिन्न गीतहरु सार्बजानिक सवारी साधनका सवारी चालकहरुको रोजाईमा पर्ने गरेको छ । आफ्नो सवारी साधनको म्युजिक सिस्टममा  चलचित्र ‘रामप्यारी’ को गीतहरु लोड गरिएको सुन्न पाइन्छ र मध्य थप अर्को गित पनि अब सवारी चालक साथीहरुले सुन्न पाउनु हुनेछ ।  
प्रदर्शन मिति नजिकिंदै गर्दा अहिले प्रचार प्रशारमा रेखा र उनको युनिट लागि परेको छ । युनिटले हालै चलचित्रको दोश्रो ट्रेलर पनि सार्बजनिक गरेको छ । दोश्रो ट्रेलरले पनि दर्शकहरको राम्रो साथ् पाउने आशा गरिएको छ ।
 डेब्यू  नायक आभास अधिकारी संगै  नायिका रेखा थापा र आष्मा डी सी संगै एक्सन नायक सबिन श्रेष्ठ लाई पनि देख्न सकिन्छ  । यादगार डायलग, प्रेम अनि रोमान्स, आकर्षक द्धन्द्धका दृश्यहरु समाबेस गरिएको ट्रेलरले दर्सक बटुल्नेमा निर्माण पक्ष आसाबादी रहेको छ ।  ‘राम प्यारी’ मा रेखा शिर्ष दोहोरो भूमिकामा प्रस्तुत भएकी छन् । सिनेमामा आभाष अधिकारीको डेब्यु अभिनय छ भने आश्मा डिसी र सविन श्रेष्ठको समेत अभिनय रहेको छ । सिनेमामा जगदिश्वर थापाको पटकथा एवं संवाद, थानेश्वर गौतमको संगीत र शिव ढकालले छयांकन रहेको छ । फिल्म चैत्र २६ गते बाट प्रदर्शनमा आउने भएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi