बोल्दा होस् पुराउनुहोस किनकि अब ट्राफिक प्रहरीको शरीरमै क्यामरा जडान (भिडियो अन्तरबार्ता)
सडकमा डिउटीमा रहेका ट्राफिक प्रहरीको साथमा अब बडी क्यामरा जडित हुने भएको छ । सवारीचालकले सडकमा खटेका ट्राफिक प्रहरीलाई धम्क्याउने, गाली गर्ने, अश्लील शब्द बोल्ने, गल्ती गरे पनि नस्विकार्ने प्रवृत्ति बढ्दै गएपछि स–प्रमाण कारबाहीका लागि बडी क्यामरा जडान गर्न लागिएको हो ।

पछिल्ला दिनमा डिउटीमा रहेका ट्राफिक प्रहरीलाई अश्लील गाली गर्नु, हप्काउनु, जागिर खाइदिन्छु र सरुवा गरिदिन्छु भन्नु र हातपात गर्न खोज्नु सामान्य बन्दै गएको छ ।
बडी क्यामेरा सडकमा खटेका ट्राफिक प्रहरीको अगाडि भागमा झुन्डिएको हुनेछ । महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका प्रमुख प्रहरी निरीक्षक सुनीलजंग शाहका अनुसार जडित क्यामराको माध्यमबाट चालकले ट्राफिक प्रहरीलाई गालीगलौज र ट्राफिक प्रहरीले चालकमाथि गरेको बोली र व्यवहार हेर्न र सुन्न सकिन्छ ।
‘सडकमा खटेको ट्राफिक प्रहरीले ट्राफिक नियमको पालना गराउने क्रममा आवश्यक चेकजाँच गर्दा दुवै पक्षबीच झगडा हुने गर्छ,’ प्रहरी निरीक्षक शाहले भने, ‘तर, क्यामराको सहयोगमा झगडा कार्यालयसम्म आइपुग्दा बीचबाटो मै कुरा फेरेर सोर्सफोर्स लगाउने चालक र प्रहरी दुवैलाई कारबाही गर्न आवश्यक प्रमाण जुटाउन सहयोग पुग्नेछ ।’
यो क्यामरा विशेष गरी दु्रत गतिमा मोटरसाइकल चलाउने, लेनको पालना नगर्ने, मदिरा खाएर सवारी चलाउनेविरुद्ध कारबाही गर्न सहयोग पुग्ने उनको भनाइ थियो । थप भिडियो अन्तरबार्तामा



