[ ]
Latest News Updates

ADVERTISE WITH US

चोरीको मोटरसाइकलसहित सांसदका छोरा पक्राउ
Sunday, April 3, 2016 Posted by Chitra Khabar

प्रहरीले बल्ही–४ बाट एक जनालाई चोरीको मोटरसाइकलसहित आइतबार पक्राउ गरेको छ । फूल्कहाकट्टी ५ हाल धनगढीमाई नगरपालिकाका– २ का अभय यादव स २ प २२८१ नम्बरको मोटरसाइकलसहित पक्राउ परका हुन् ।
यादव सिरहा क्षेत्र– ४ बाट प्रत्यक्षमा निर्वाचित सांसद रामचन्द्र यादवका छोरा भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए ।

प्रहरी नायब उपरीक्षक केसीका अनुसार अभयले उक्त चोरीको मोटरसाइकल बल्ही–४ मा चलाइरहेको अबस्थामा प्रहरी टोलीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । फागुन ३० गते लहान नगरपालिका–७ बाट चोरी भएको उक्त मोटरसाइकल सोही नगरपालिका वडा–५ का मोहम्मद सरफराज अन्सारीको भएको उनले बताए ।

उनले पक्राउ परेका अभयलाई चोरी मुद्दामा कारबाही प्रक्रिया अगाडी बढाइ थप अनुसन्धान भइरहेको बताए ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi