[ ]
Latest News Updates

ADVERTISE WITH US

पर्यटकीय नगरी भक्तपुर दरबार क्षेत्रमा सवारी प्रवेशमा रोक
Sunday, April 24, 2016 Posted by Chitra Khabar

भक्तपुर, वैशाख १२ । भक्तपुर दरबार परिसरमा आजदेखि सवारी प्रवेशमा रोक लगाइएको छ । दरवार स्क्वायर परिसरमा सवारी प्रवेश गराउँदा पर्यटकलाई सम्पदा अवलोकनमा बाधा भएको र भूकम्पले क्षति पुर्‍याएका सम्पदामा सवारी साधनका कम्पनले थप क्षति पुर्‍याएको सम्बन्धमा समाचार प्रकाशित भएपछि दरबार स्क्वायर परिसरमा आजदेखि सवारी प्रवेशमा रोक लगाइएको हो ।
दरबार स्क्वायर परिसरमा सवारी प्रवेशमा रोक लगाउने सम्बन्धमा गत बिहीबार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा महानगरीय प्रहरी परिसर भक्तपुर, भक्तपुर नगरपालिका, पर्यटन विकास समिति भक्तपुर, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, राष्ट्रिय कला सङ्ग्रहालय र महानगरीय ट्राफिक प्रहरी परिसर, भक्तपुरको संयुक्त बैठकले निर्णय गरेको भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रका प्रमुख गौतम लासिवाले जानकारी दिए ।

भक्तपुर दरबार स्क्वायर परिसरमा २०४९ साल पुस १ गतेदेखि सम्पूर्ण सवारी साधन प्रवेशमा रोक लगाएकोमा गतवर्षको वैशाख १२ गतेको विनाशकारी भूकम्पले दरबार स्क्वायरको पश्चिमपट्टिको खौमास्थित प्रवेशद्वार भत्काएपछि नगरपालिकाले सवारी प्रवेशमा रोक लगाउन छाडेको हो । (रासस) 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi