[ ]
Latest News Updates

ADVERTISE WITH US

२ को मृत्यु र ९ जना घाइते हुने गरि प्युठानमा जिप दुर्घटना,
Sunday, April 24, 2016 Posted by Chitra Khabar

१२ वैशाख, प्युठान । प्युठानको मच्छी-ठूलावेसी सडक खण्डको लामासेरामा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।
लु १ ज १७४३ नम्बरको जिप दुर्घटना हुँदा खुङ्ग निवासी अन्दाजी ४५ वर्षीय जनक जिसी र ४६ वर्षीय जगत जिसीको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगले जानकारी दिए । मृतक दुई दाजुभाई हुन् ।
प्रहरी र स्थानीयवासीले घटनास्थलमा उद्धार गरेका थिए । जीप बाग्दुलाबाट खुंगतर्फ जाँदै थियो । जीप सडकबाट करिब एक सय मिटर तल खसेको छ ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi