[ ]
Latest News Updates

ADVERTISE WITH US

ट्याक्सी दुर्घटनामा , सवार चार तिर्थयात्री यात्रु घाइते
Saturday, April 23, 2016 Posted by Chitra Khabar

वैशाख ११, ताप्लेजुङ । ताप्लेजुङको पाथीभराबाट तिर्थयात्री लिएर सदरमुकाम फर्कँदै गरेको ट्याक्सी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
 मेची राजमार्ग अन्तरगत ताप्लेजुङ-सुकेटार सडक खण्ड अन्तर्गत उकाली पानी नजिकै मे १ ज १८९६ नम्बरको ट्याक्सी दिउँसो दुर्घटना भएको हो ।

घाईते हुनेहरुमा झापा कन्काई नगरपालिका ५ का ३८ वर्षीय राधेश्याम मण्डल, सोही ठाँउकै वर्ष ६५ का पारस मण्डल, सरणामति ६ झापाका ५० वर्षीय सोमनाथ प्रसाइ र शिवसतासी-५ का झापाका नारायण खरेल रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

घाईते सवैको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ । घाईतेको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रहरीकाअनुसार ट्याक्सी ब्रेक फेल भएर सडक बाट करीब १० मिटर तल पल्टिएको हो । ट्याक्सीका चालक भने फरार छन् । सोही ट्याक्सीमा सवार १२ जना यात्रु मध्ये अन्य ८ जना भने छन् ।


Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi