सत्तरी लाख आम्दानी मेट्रो बसबाट
चाँदनी शर्मा . काठमाण्डौ
११ वैशाख, काठमाडौं। काठमाडौँ उपत्यकामा यात्रीलाई सहज आवगमनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन भएको मेट्रो बसले सञ्चालनको एक महिनामा ७० लाख रूपैयाँ आम्दानी गरेको छ।
११ वैशाख, काठमाडौं। काठमाडौँ उपत्यकामा यात्रीलाई सहज आवगमनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन भएको मेट्रो बसले सञ्चालनको एक महिनामा ७० लाख रूपैयाँ आम्दानी गरेको छ।
गत चैत ५ गतेदेखि सञ्चालनमा आएको उक्त बसले ३५ दिन पार गरिसकेको छ । अहिलेको अवधिसम्म आइपुग्दा राम्रो आम्दानी गरेको प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए ।

उनकाअनुसार बसमा हाल सञ्चालनमा रहेका सबै बसमा इन्टरनेटको सुविधा छ । स्टेसन डिस्प्ले भने यात्रुलाई उपलब्ध गराउन सकिएको छैन । अबको केही दिनमा नै उक्त सुविधा समेत यात्रुले पाउने छन्।
स्टेसन डिस्प्लेका कारण यात्रुले बस चढ्नका लागि एप्स हेरेर आउने समय पत्ता लगाई बस स्टपमा जान सक्ने हुँदा लामो समय खर्च गर्न नपर्ने प्रालिले बताएको छ ।