[ ]
Latest News Updates

ADVERTISE WITH US

ह्याप्पी बर्थडे भेस्पा : भेस्पा पुग्यो ७० बर्ष / पढ्नुहोस् भेस्पाको ईतिहाश
Sunday, April 24, 2016 Posted by Chitra Khabar

बैशाख १३ {एजेन्सी} – स्कुटर सेगमेन्टमा आफ्नो लुक्सका कारण फरक पहिचान कायम गरेको भेस्पाले आज ७० बर्ष पुरा गरेको छ ।


सन् १९४६ को अप्रिल २३ का दिन पियाजियो कम्पनीले भेस्पा ब्रान्ड नेममा आफ्नो प्याटेन्ट प्राप्त गरेको थियो । त्यसपछि पहिलो पटक भेस्पा ९८ बजारमा उपलब्ध गराएको थियो । केही बर्ष पछि भेस्पाको यो स्कुटरले इटालियनहरुको जीवनमै नयाँपन ल्याएको थियो । नजिक वा टाढा जानका लागि उनीहरु भेस्पाको प्रयोग रुचाउन थाले ।
दोस्रो विश्वयुद्ध सकिदै गर्दा भेस्पाको पनि जन्म भएको थियो । यसकारण पनि भेस्पाको नाम दोस्रो विश्वयुद्धसँग जोडिएको छ । पियाजियो त्यतिखेर हवाईजहाज र यस्तै सामग्री निर्माणमा प्रसिद्ध थियो । कम्पनीले युद्ध सामग्री पनि निर्माण गथ्र्यो । विश्वयुद्धको अन्त्यतिर यसको विभिन्न स्थानमा भएका कारखानामा vespa_logoपनि क्षति पुगेको थियो ।
कम्पनीका संस्थापकका छोरा एनरिको पियाजियोले यो अवस्थामा कम्पनीलाई फरक तरिकाले अगाडि बढाउने विचार गरे । त्यतिखेर कोराडिनो डी’एसानियो नामका इन्जिनियरले मोटरसाइकल मन पराउदैनथे ।

उनी मोटरसाइकल जस्तै अर्को कुनै वैकल्पिक सवारी साधन निर्माणको योजनामा थिए । एनरिको र कोराडिनो मिलेर नयाँ कार्य गर्ने योजना बनाए ।
मानिस सुविधाजनक रुपमा Vespa-70आर्मचियरमा बसे जस्तै हुने र अन्य विभिन्न फिचरका साथ उनले डिजाइन निर्माण गरे । यसको डिजाइन हेर्दा ‘बारुलो’ जस्तै देखियो ।

एनरिको पियाजियोले डिजाइन देख्ना साथ भनेका थिए, ‘ओहो π यो त बारुलो जस्तै छ ।’
हेर्दा पनि बारुलो आकार र चलाउदा इन्जिनको आवाज पनि विशेष प्रकारको भएकाले यसको नाम ‘भेस्पा’ राख्ने निर्णय गरे । भेस्पा इटालियन शब्द हो र यसको अर्थ बारुलो हुन्छ ।
सन् १९५३ मा ग्रेगोरी पेक र अड्री हेपबर्न कलाकार रहेको ‘रोमन होलिडे’ नामक चलचित्रले त झन् भेस्पा ब्रान्डलाई संसारमै प्रसिद्ध बनायो ।

पहिलो मोडल लन्च भएको ७० बर्ष पछि पनि भेस्पाको अलग्गै पहिचान कायम छ । यो ‘क्रिएटिभिटी र ब्युटी’ को संगम बनेको छ ।

इटालीको पोन्टेडेरामा पियाजियो म्युजियम छ । अप्रिल २२ देखि सो म्युजियममा यसको बारेमा प्रदर्शनी आयोजना गरिएको छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi