[ ]
Latest News Updates

ADVERTISE WITH US

मिटरमा नहिँड्ने ट्याक्सी कारबाहीमा
Sunday, April 24, 2016 Posted by Chitra Khabar

काठमाडौँ १३ वैशाख । ट्याक्सीमा हिँड्न खोजिरहनुभएको छ र ट्याक्सी चालकले मिटरमा जान मानेको छैन भने तुरुन्त १०० वा १०३ मा ट्राफिक प्रहरीलाई फोन गर्नुहोस् । भूकम्प र नाकाबन्दीमा आफूखुसी भाडा उठाउने र मिटरमा जान नमान्ने ट्याक्सी चालकलाई मङ्गलबारदेखि ट्राफिक प्रहरीले विशेष अभियान थालनी गरी कारबाही थालेको छ । 
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मङ्गलबार मिटरमा नगई आफूखुसी भाडा लिने सैँंतीस ट्याक्सीलाई कारबाही गरेको छ । महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले असहज अवस्थामा यात्रु ठगिने धेरै गुनासो सुन्न थालेपछि यस्तो अभियान सञ्चालन गरिएको जानकारी दिँदै भन्नुभयो, “अस्पताल, विमानस्थल लगायत धेरै यात्रुको चाप हुने स्थानमा यात्रु बढी ठगिने गरेका छन् ।” महाशाखाले केही समय अगाडिदेखि लेन अनुशासन पालना नगर्ने सवारी साधनलाई पनि कारबाही गर्दैै आएको थियो । मल्लले यी अभियानलाई तीव्र रुपमा निरन्तरता दिइने स्पष्ट पार्नुभयो । कारबाहीका लागि ३३ ट्याक्सीलाई यातायात व्यवस्था विभाग र सिल तोडिएको तथा बिगारिएको अवस्थामा रहेका चार ट्याक्सीलाई नापतौल विभाग बालाजुमा पठाइएको छ । यातायात व्यवस्था ऐनमा बढी भाडा लिने सवारी साधनलाई रु तीन हजारदेखि रु पाँच हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi