ट्राफिक नियम उल्लंघन गर्न तिन पटक सोच्नुहोस अब / किनकि जरिवाना २० गुणाले बृद्धि भयो ( प्रेश बिज्ञप्ती)
ट्राफिक नियम उल्लंघन गर्नेलाई झन कडाई, जरिवाना २० गुणाले बृद्धि
काठमाडौं, बैशाख १७ । महानगरीय ट्राफिक महाशाखाले नियमविपरित सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने चालकसँग असूल गर्ने जरिवानाको रकम २० गुणाले बढाएको छ ।
काठमाडौं, बैशाख १७ । महानगरीय ट्राफिक महाशाखाले नियमविपरित सवारी चलाउने र ट्राफिक नियम उल्लंघन गर्ने चालकसँग असूल गर्ने जरिवानाको रकम २० गुणाले बढाएको छ ।
न्यून जरिवानाकै कारण दुर्घटना बढेको र चालकको जथाभावी रोक्न जरिवानाको मात्रालाई बढाएको जिकीर महाशाखाले गरेको छ ।
नयाँ व्यवस्था अनुसार अब २५ रुपैयाँ जरिवाना लाग्ने गल्ती गर्नेले अब पाँच सय रुपैयाँ तिर्नुपर्ने छ भने नियमविपरित सवारी चलाउनेलाई ट्राफिक प्रहरीले १५ सय रुपैयाँसम्म चिट काट्न पाउने व्यवस्था गरिएको छ ।
यसअघि मादक पदार्थ सेवनमा सबैभन्दा बढी एक हजार रुपैयाँ जरिवाना हुने व्यवस्था थियो । जरिवानाबापत बढाइएको रकम आगामी आइतबारबाट देशभर लागू हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
नयाँ नियम अनुसार अब नियम मिच्ने जो कोही सवारी चालकले पहिलो पटकलाई ५ सय, दोस्रो पटकमा एक हजार र तेस्रो पटकमा १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने छ ।
पाँच पटकसम्म कारवाहीमा परेको चालकको लाइसेन्स ६ महिनाका लागि निलम्बन गरिने छ ।
नेपालमा प्रत्येक वर्ष हजारौको संख्यामा हुने सवारी दुर्घटनामा परी करिव २ हजार मानिसले अकालमै ज्यान गुमाउने गरेका छन् भने अन्य हजारौ व्यक्तिहरु अंगभंग तथा घाइते हुने गरेका छन् । सवारी नियम विपरित सवारी साधन चलाउने प्रवृत्तिले गर्दा नै यस प्रकारका अधिकांश दुर्घटनाहरु हुने गरेको पाइएको छ ।
सवारी नियमको प्रभावकारी कार्यान्वयनद्वारा दुर्घटना न्युनीकरण गरी सडकलाई सुरक्षित बनाउने उद्देश्यले ट्राफिक प्रहरीले अहोरात्र सडकमा खटिई सवारी नियम उल्लंघन गर्ने चालकहरुलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९बमोजिम कारवाही एवं जरिवाना गरी सवारी नियम पालना गर्ने तर्फ सचेत तथा सजग गराउंदै आएको भए तापनि सवारी नियम उल्लंघन गर्ने प्रवृतिमा भने आशातित् सुधार आएको देखिदैन । यस्ता प्रवृतिमा कमि ल्याई सडक सभ्यताको विकास गर्न जरिवाना रकमलाई समयसापेक्ष्य रुपमा समायोजन गर्न अपरिहार्य भएको महसुस गरिएकोले नेपाल सरकारद्वारा नेपाल राजपत्रमा मिति २०७२ असोज १४ गते प्रकाशित भाग २, खण्ड ६५ अतिरिक्ताङ्क १५ घ बमोजिम सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४मा रहेका "पच्चीस रुपैयाँ देखि पचास रुपैयाँ सम्म", "पचास रुपैयाँ देखि एकसाय रुपैयाँसम्म" र "एकसय रुपैयाँ देखि दुईसय रुपैयाँसम्म" भन्ने शब्दहरुको सट्टा क्रमश: "पाँचसय रुपैयाँ", "एक हजार रुपैयाँ" र "एकहजार पाँचसय रुपैया" भन्ने शब्दहरु राखी संशोधन भएको ब्यहोरा सबैलाई अवगत गराउदै संशोधित ऐनको प्रावधान अनुरुप महानगरीय ट्राफिक प्रहरी महाशाखाले मिति २०७३ साल बैशाख १९ गतेदेखि सवारी नियम उल्लंघन गर्ने चालकहरुलाई तपसिलमा उल्लेख भएअनुसारका कसुरमा निम्नानुसार पाँचसय रुपैयाँदेखि एकहजार पाँचसय रुपैयासम्म जरिवाना हुने गरी कारवाही गरिने व्यहोरा सम्बद्ध सबैलाई यस बिज्ञप्ती मार्फत जानकारी गराईएको छ ।




