[ ]
Latest News Updates

ADVERTISE WITH US

हामीलाई प्राप्त भएको २०७३/०१/१७, गतेको दुर्घटना समाचार
Friday, April 29, 2016 Posted by Chitra Khabar

२०७३/०१/१७,नुवाकोटमा सवारी दुर्घटना 
-----------------------------------------
नुवाकोटको खानीगाँउमा आज बिहान साढे १० बजे नुवाकोट बाहुनबेशीबाट काठमाडौ तर्फ आउदै गरेको ना ३ ख २४९९ नम्बरको बसको छतबाट खसेर नुवाकोट उर्लेनी ९ का १७ बर्षीय रविन्द्र नेपाली घाईते भएका हुन् । घाईते नेपालीको ग्रिन सिटी अस्पताल काठमाडौंमा उपचार भैरहेको छ । बस सहित चालकलाई प्रहरी चौकी ढिकुरे नुवाकोटले नियन्त्रणमा लिएको छ । 
File photo

२०७३/०१/१७,सुनसरीमा सवारी दुर्घटना 
-----------------------------------------
सुनसरीको श्रीपुर २ मा आज दिउसो साढे १ बजे ना ४ ख ४०६४ नम्बरको बसको ठक्करबाट पैदलयात्री १२ बर्षिया पुष्पा कुमारी खेरवारको घटनास्थलमै मृत्यु भएको छ ।दुर्घटनामा संलग्न बस र चालकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिएको छ ।


२०७३/०१/१७,ललितपुरमा सवारी दुर्घटना 
-----------------------------------------
ललितपुरको बालकुमारी पुल नजिकैको वासिङग सेन्टरमा ट्याक्सी धुने क्रममा करेन्ट लागेर बालकुमारी बस्दै आएका मोरङ बिराटनगरका ३४ बर्षिय दिलिप तामाङको मृत्यु भएको छ भने ट्याक्सी चालक बारा १५ घर भई हाल सोही स्थान बस्ने ३४ बर्षिय खेनम सिंह घाईते भएका छन् । उनको बि एन्ड बि अस्पताल ललितपुरमा उपचार भैरहेको छ ।


२०७३/०१/१७, धरानमा सवारी दुर्घटना 
-----------------------------------------
हिँजो बेलुकी ७ बजे सुनसरीको धरानमा को १ ह २२९ नम्बरको टेम्पो र को २१ प ४७४६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकलमा पछाडी सवार धरानकै ३३ बर्षीय ओम गेलालको मृत्यु भएको छ । उनको उपचारको क्रममा वि.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाईकल चालक धरानका १७ बर्षीय बिनोद दियालीको सोही अस्पतालमै उपचार भईरहेको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधन र टेम्पो चालकलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।



२०७३/०१/१७, धुम्बाराहीमा सवारी दुर्घटना 
--------------------------------------------
काठमाडौंको धुम्बाराही चोकमा गएराती सवा १२ बजे बा १ ज १९०९ नम्बरको ट्याक्सी र बा ६१ प ७३५ नम्बरको स्कुटर आपसमा ठोकिदाँ स्कुटर चालक काठमाडौँ बसुन्धाराका २९ बर्षिय रमेश कार्की घाइते भएका छन् । घाइते कार्कीलाई उपचारको लागि महाराजगंज स्थित शिक्षण अस्पताल पठाइएको छ । दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्याक्सी चालकलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग सुकेधाराले नियन्त्रणमा लिएको छ ।


२०७३/०१/१७, अछाममा सवारी दुर्घटना 
----------------------------------------
अछामको साँफे नगरपालीका ५ मा हिजो अपरान्ह से १ त २४२२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट नदि किनारमा खस्दा ट्याक्टरमा सवार भारतिय नागरिक १७ बर्षीय छोटु सोनापतिको मृत्यु भएको छ भने ट्याक्टर चालक बाँके पुरनीका ३२ बर्षीय नक्कु गेडिया र ट्याक्टरमा सवार भारत बहरैजाका १७ बर्षीय सिरज साह घाईते भएका छन् । घाइतेहरुको वयलपाटा अस्पताल अछाममा उपचार भैरहेको छ ।


२०७३/०१/१७, रुपन्देहीमा सवारी दुर्घटना 
-----------------------------------------
रुपन्देहीको सिद्धार्थनगर ६ मा गएराती ११ बजे लु १३ प ६६६३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कपिलवस्तु धरमपानीयाका ४६ बर्षीय रामविलास करणसिंहको मृत्यु भएको छ । उनको उपचारको क्रममा राती साढे ११ बजे मेडिकल कलेज भैरहवामा मृत्यु भएको हो । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi