झापामा कार पल्टिँदा तीर्थ हिडेका आठ घाइते
झापा, वैशाख । ताप्लेजुङको पाथीभरा मन्दिर पुगेर फर्किरहेको तीर्थालु बोकेको को१च ८११२ नंको स्कारपियो कार अनियन्त्रित भई पल्टिँदा आठजना घाइते भएका छन् ।
घाइतेमध्ये सुनसरी निवासी ३० वर्षीया वसन्ती चौधरी र काठमाडौँ निवासी ५१ वर्षीया बिना भण्डारीको अवस्था गम्भीर रहेको बताइएको छ ।
घाइते हुनेहरुमा अन्य मोरङको बेलबारी निवासी ३३ वर्षीय सञ्जु हुमागार्इं, सुनसरीको औरावनी निवासी ३४ वर्षीया एकादशीदेवी भगत, काठमाडौँ निवासी २६ वर्षीया विभा भण्डारी, सोही ठाउँ निवासी ४५ वर्षीया सविता निरौला रहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टर प्रालिमा उपचार भइरहेको छ ।



