[ ]
Latest News Updates

ADVERTISE WITH US

राजधानीको सडकमा छाडा चौपाया / दुर्घटनाको कारण बन्ने गर्छ ! (फोटोफिचर)
Sunday, April 17, 2016 Posted by Chitra Khabar

राजधानी काठमाण्डौ ब्यस्त शहर , यो ब्यस्त शहरमा लाखौको परिमाणमा सवारी साधनहर सडकमा गुड्ने गर्दछन । सुलभ फाइनान्स सुविधाले गर्दा पनि होला आज हरेक संग आफ्नो सवारी साधन छ । तर बाक्लिदो बस्ति र ब्यस्त शहरीकरणले गर्दा सडक भने अवाभ नै देखिएको छ ।
  यिनै अभाब सडकमा भएको सडकमा पनि सवारी साधन भन्दा चौपाया र बस्तु नै बढी देखिन्छ , जसको कारणले गर्दा ट्राफिक जाम र सवारी दुर्घटना पनि अत्याधिक हुने गरेको तथ्याकंले देखाउछ ।
जब गर्मी सुरु हुन्छ तब काठमाडौंका अधिकांश सडकमा छाडा चौपाया देखिन थाल्छन् ।  काठमाडौंका सडकमा यस्ता छाडा चौपाया देखिने क्रम रोकिएको छैन । राजधानीको बल्खु कुलेश्वर क्षेत्रमा पनि यस्ता चौपाया प्रशस्तै देखिन्छन् । यो क्षेत्रमा दर्जनौ छाडा चौपाया रहेको अनुमान छ । यी चौपायाको व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाको ध्यान जानु आवश्यक छ । अहीले सम्म भने ध्यान पुगेको जस्तो देखिएको छैन ।




तस्बिरहरु : नवराज वाग्ले 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi