[ ]
Latest News Updates

ADVERTISE WITH US

मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु
Sunday, April 10, 2016 Posted by Chitra Khabar

२८ चैत, झापा। को ९ प ९६५० नंको मोटरसाइकलको ठक्करबाट झापामा एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाँचगाछी–४ निवासी ८५ वर्षीय वृद्ध कञ्चन ताजपुरिया रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
ताजपुरियालाई पाँचगाछी–५ स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मोटरसाइकलले शनिबार साँझ ठक्कर दिएको थियो ।

पैदल हिँडिरहेका उनलाई मोटरसाइकलले ठक्कर दिएलगत्तै उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्याइएको र त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित नोवल अस्पताल लगिएको थियो ।
उनको नोवल अस्पतालमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi