[ ]
Latest News Updates

ADVERTISE WITH US

काठमाडौं टावरका लागि अब खुलामञ्चमा पार्किङ
Friday, April 8, 2016 Posted by Chitra Khabar

 दलहरुको आमसभा गर्ने ठाउँ साँघुरियो 
२६ चैत, काठमाडौं । काठमाडौंको पुरानो बसपार्कको सवारी पार्किङ स्थल अब खुलामञ्चमा सर्ने भएको छ । अत्याधुनिक र सुविधासम्पन्न काठमाडौं टावरको निर्माण सुरु गर्नका लागि बसपार्कलाई खुलामञ्चमा सार्ने तयारी अन्तिम चरणमा पुगेको छ ।
खुलामञ्चको केही भागलाई कम्पाउण्डिङ गरेर पार्किङ स्थल निर्माणको काम भइरहेको छ । खुलामञ्चमा छुट्याइएको भागलाई कालोपत्रे गरेर पुरानो बसपार्कबाट छुट्ने सबै सवारीलाई त्यहाँ लगिने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

२ वर्षपछि अत्याधुनिक ‘टर्मिनल’  
पुरानो बसपार्कको रत्नपार्क पट्टीको एकतिहाई भागलाई जस्तापाताले घरेर कालोपत्रे गर्नेे तयारी भइरहेको छ । पार्किङ व्यवस्थापनका लागि लागि टावर निर्माता कम्पनीले व्यहोरेको छ ।
अब दुई वर्षसम्म खुलामञ्चमा पार्किङ कायम रहने महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले बताए ।
‘खुलामञ्च स्थायीमा बसपार्क रहने होइन’ तामाङले भने-‘पुरानो बसपार्कमा काठमाडौं टावर बनेपछि बसहरु पुरानै पार्किङस्थलमा फर्कनेछन् ।’
उनका अनुसार टावरमा स्तरीय ‘बस टर्मिनल’ पनि रहने भएकाले निर्माण अवधिभरमा मात्रै खुलामञ्चमा पार्किङ सार्न लागिएको हो । नयाँ बन्ने टावरमा अत्याधुनिक र व्यवस्थित बस टर्मिनलसँगै दुई तलामा सवारी पार्किङको सुविधा पनि हुनेछ ।
टावर निर्माण मापदण्ड मन्त्रिपरिषदमा
२९ तलामा निर्माण हुने भनिएको काठमाडौं टावरको नक्सा १२ तलाको मौ पास भएको छ ।  भूकम्पअघि नै टावर निर्माणको योजना बने पनि भूकम्पपछि टावर निर्माणका लागि नक्सापासमा नयाँ भवन मापदण्ड वाधक देखिएको छ ।
भूकम्पपछि भवन निर्माणको मापदण्ड फेरिएपछि काठमाडौं महानगरपालिकाले ‘भूकम्प प्रतिरोधी टावर निर्माण मापदण्ड’ मार्फत २९ तला नै बनाउने प्रस्ताव सरकारलाई बुझाएको छ । मन्त्रिपरिषदबाट यो मापदण्ड स्वीकृति भएपछि यसको २९ तलाकै नक्सापास हुने कार्यकारी प्रमुख तामाङले बताए ।
महानगरपालिकाले टावर निर्माणको छुट्टै मापदण्ड प्रस्ताव गरेपछि निर्माण र सञ्चालन र व्यवस्थापनको जिम्मा लिएको जलेश्वर, स्वछन्द र विकोइ जेभी कम्पनी काम अघि बढाउन तयार भएको हो ।
कस्तो बन्छ टावर ?
यसमा सबै लगानी कम्पनी आफैंले नै गर्नेछ । सम्झौताअनुसार कम्पनीले ३० वर्षसम्म टावर सञ्चालन गर्नेछ । त्यसपछि टावर महानगरपालिकालाई हस्तान्तरण गर्नेछ । टावर निर्माणका लागि ५ अर्ब रुपैयाँ भन्दा बढी लगानी हुने अनुमान गरिएको छ ।
२९ तले टावरको तल्ला तलाहरुमा रहने पार्किङभन्दा माथिको भाग व्यवसायिक प्रयोजनमा लगाइने छ । टावरको २० तलामाथि स्वीमिङ पुल राख्ने र मल्टिप्लेक्स सिनेमा हल, होटल, रेष्टुरेन्ट लगायत व्यवसाय पनि सञ्चालन गर्ने योजना छ ।
टावरको सबैभन्दा माथिको भाग उपत्यकाको दृश्यावलोकनमा प्रयोग हुनेछ । काठमाडौंमा विकासको नमूना झल्काउने पूर्वाधारका रुपमा टावरलाई स्थापित गर्ने महानगरपालिकाले जनाएको छ । अनलाईन खबर बाट 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi