नयाँ वर्षदेखि एसएमएस गरेर बसका टिकट काट्न सकिने
२६ चैत, काठमाडौं । आगामी वैशाख १ गतेदेखि मोबाइलबाट एसएमएस गरेर बसको टिकट बुक गर्ने सकिने भएको छ । बस टिकट सेवा डटकम नयाँवर्ष २०७३ सालको अबसर पारेर यो सेवाको सुरुवात गर्दैछ ।
बस टिकट सेवा डटकमले कोटा सिस्टमलाई हटाएर पूर्ण रुपमा बसको सिटलाई अनलाइनमार्फत राख्न बस कम्पनी, यातायात समिति तथा संघसँग सहकार्य गरिरहेको छ ।
बस कम्पनी, बस व्यावसायी संघ, बस समिती र टिकट काट्ने सबैलाई छुट्टा-छुट्टै प्रणालीको व्यावस्था रहेको छ । बस कम्पनी आफैँले आˆनो मुख्य एड्मिन प्यानलबाट सम्पूर्ण जानकारी हेर्न सक्छन् ।
नेपालमा बस काउ्रन्टरको अवस्था, इन्टरनेटको पहुँचलाई मध्यनजर गर्दै इन्टरनेट नभएको अवस्थामा पनि एसएमएस बाटै टिकट काट्न सकिनेछ ।
टिकटका लागि बस टिकट सेवा डटकमको एकाउन्ट खोलेर बस कम्पनीले एडमिन प्यानलबाट एसएमएस गर्ने मोबाइल नम्बर रजिष्टर गर्नुपर्छ ।
एसएमसबाट बुक गर्ने तरिका बस टिकट सेवा डट कमको अलार्टर अपडेटमा राखिएको छ । यो सेवाको सुरुवातपछि इन्टरनेट नभएको जुनसुकै स्थानबाट यात्रु आफैले वा काउन्टरले सजिलै टिकट काट्न सकिने कम्पनीले जनाएको छ ।




