बुद्ध एयरको जहाज विराटनगरमा आकस्मिक अवतरण
२५ चैत, काठमाडौं । भद्रपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको एटिआर ७२ विमानको इञ्जिनमा समस्या देखिएपछि विराटनगरमा आकस्मिक अवतरण गराइएको छ ।
विमानको इन्डिकेटरले इञ्जिन बिग्रिएको संकेत दिएपछि आकस्मिक अवतरण गराइएको बुद्ध एयरका वरिष्ठ कार्यकारी प्रबन्धक रुपेश जोशीले बताए । ‘इन्डिकेटरले इञ्जिन बिग्रिएको संकेत दिनसाथ विमान जहाँ भएपनि अवतरण गराइहाल्नुपर्छ’ उनलेे भने ।
विमानले ७२ यात्रु बोकेर काठमाडौं आइरहेको थियो । करीव पौने १ बजेतिर जहाज आकस्मिक अवतरण गराइएको जोशीले जानकारी दिए ।




