[ ]
Latest News Updates

ADVERTISE WITH US

सवारीको साधनको नम्बरप्लेट सुधार अभियानमा तिब्रता / यातायात व्यवस्था ऐनअन्तर्गत स्पष्ट हुनुपर्ने नम्बरप्लेट !
Monday, April 4, 2016 Posted by Chitra Khabar

सीताराम चौधरी,चन्द्रौटा(कपिलवस्तु), २२ चैत ।। 
यात्राको क्रममा ट्राफिक बिटमा पुग्दा एक व्यक्तिसँग प्रहरीले १० रुपैयाँ निकाल्नुस् भन्दै माग्यो । एकछिन त त्यो व्यक्ति आश्चर्य चकित प¥यो र खल्तीबाट १० रुपैयाँको नोट झिकेर दियौ । हातमा पेन्ट ब्रस लिएर उभिएको अर्को एक व्यक्तिले उनको गाडीको नम्बरप्लेटमा रहेको फूलबुट्टा र बर्डर मेटाइदियो र ट्राफिकसँग १० रुपैयाँ लियो । त्यसपछि यात्रामा हिँडेको व्यक्तिलाई ट्राफिकले अगाडि बढ्न लगायो ।  
के तपाईं पनि आफ्नो गाडीको नम्बरप्लेटमा यस्तै बर्डर वा फूलबुट्टाले सजाउनुभएको छ? यदि नम्बरबाहेक अन्य कुराले नम्बरप्लेट सजाउनुभएको छ भने तत्कालै मेटाइहाल्नुस् । नत्र यसैगरी तपाईं पनि ट्राफिकको फन्दामा पर्नुहोला है ।   
नम्बरप्लेट कस्तो हुनुपर्ने भनी देखाउँदै अस्थायी प्रहरी पोष्ट चन्द्रौटाका इन्चार्ज ट्राफिक प्रहरी नायब निरीक्षक हुमानन्द खनाल 

जिल्ला ट्राफिक प्रहरी कपिलवस्तुले यतिबेला नम्बरप्लेट सुधार अभियानलाई तिब्रता दिएको छ । ट्राफिकले गाडीको नम्बरप्लेटको वरिपरि घेरा, फूलबुट्टा, भगवानको नाम, फोटो लगायतका कुरा ठाउँ ठाउँमा पेन्टर राखी मेटाउने कार्य गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभएको छ । यातायात व्यवस्था ऐनअन्तर्गत सवारी साधनको नम्बरप्लेट स्पष्ट हुनुपर्ने मापदण्ड अनुसार नम्बरप्लेट सुधार अभियान संचालन गरिएको जिल्ला ट्राफिक प्रमुख रावलले बताउनुभयो । नम्बरप्लेट स्पष्ट नहुँदा दुर्घटना हुँदा सवारीसाधन भाग्ने सम्भावनालाई कमी गर्न समेत यस किसिमको अभियानमा तिब्रता दिएको उहाँले जनाउनुभयो । ऐनमा व्यवस्था भएबमोजिम गाडीको नम्बरप्लेटमा तोकिएको साइजमा अंक र अक्षर स्पष्ट रुपमा लेखिनुपर्ने रावलले जानकारी दिनुभयो । 
झण्डै एक महिनादेखि जारी अभियान अन्तर्गत जिल्लामा हालसम्म २ हजार १सय ६ ओटा सवारी साधनको नम्बर प्लेट सुधार गरिएको रावलले बताउनुभएको छ । जसमा बस ट्रक, जीप कार, मोटरसाइकल, टेक्टर लगायतका सवारी साधनको नम्बरप्लेट सुधार गरिएको उनले जनाए । नम्बरप्लेट सुधार अभियान सवारी दुर्घटना न्यूनीकरणमा निकै प्रभावकारी भएकाले यसलाई निरन्तर रुपमा अगाडि बढाउने रावलको भनाई छ । उहाँले नम्बरप्लेटमा अंक र अक्षर बाहेक अन्य कुनै पनि कुरा नलेखाउन सर्वसाधारण सबैमा अपिल समेत गर्नुभएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi