[ ]
Latest News Updates

ADVERTISE WITH US

यस्तो देखियो राजधानीमा बुलेट बाइक र्‍याली (फोटो फिचर)
Sunday, April 3, 2016 Posted by Chitra Khabar

२१ चैत, काठमाडौं । नेपालमा रोयल इन्फिल्ड (बुलेट) बाइकको आधिकारिक बितरक दुगड ब्रदर्स एन्ड सन्सले राजधानीमा रोयल इन्फिल्ड बाइक र्‍याली आयोजना गरेको छ । कम्पनीले रोयल इन्फिल्ड वान राइडको अवसरमा र्‍याली आयोजना गरेको हो ।
स्काउट कम्प्लेक्स लैनचौरबाट सुरु भएको र्‍याली दरबारमार्ग, घण्टाघर, भद्रकाली, सिंहदरबार, माइतीघर, थापाथली, कुपण्डोल, पुलचोक, मंगलबजार, जावलाखेल हुँदै फेरि पुलचोक, हरिहरभवन, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, वीरहस्पिटल, कान्तिपथ, ठमेल हुँदै लैनचौर स्काउट कम्प्लेक्समा समापन भएको थियो ।
र्‍यालीमा ३६ वटा बुलेट बाइक राइडरको सहभागिता रहेको कम्पनीले जनाएको छ । सो र्‍यालीमा केही दिनअघि सम्पन्न रेसनारीकी विजेता दीक्षा श्रेष्ठको समेत सहभागिता थियो । यो बाहेक र्‍यालीमा रोयल इन्फिल्ड इन्डियाका प्रतिनिधि अभिशेक शुक्ला, दुगड ब्रदर्स एन्ड सन्सका हेड अफ अपरेसन मेघराज पौडेल, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का महासचिव गोविन्द भट्टराई लगायतको उपस्थिति थियो । 

रोयल इन्फिल्डले प्रत्येक वर्ष अपि्रल महिनाको पहिलो आइतबारलाई ‘रोयल इन्फिल्ड वान राइड’ को रुपमा मनाउँदै आएको छ । आज नेपालमा पनि काठमाडौं बाहेक बुटवल, इटहरी र नारायणगढमा समेत यसको अवसरमा र्‍यालीको आयोजना गरिएको छ । र्‍यालीले ट्राफिक जनचेतना, सडक सुरक्षा र ड्राइभ टुरिज्मको विकास गर्ने विश्वास लिइएको छ ।
रोयल इन्फिल्ड एड्भेन्चर क्लब गठन
आजको र्‍यालीमा सहभागी राइडरहरुको भेलाले नेपालमा टु हि्वल ड्राइभ टुरिज्मको प्रवर्द्धनका लागि रोयल इन्फिल्ड एड्भेन्चर क्लब समेत गठन गरेको छ । राजकुमार शाक्यको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा बिकास पुन, अशोक बस्नेत, नवराज खनाल, प्रवेश श्रेष्ठ, सुुनिल अर्याल र लक्ष्मण शाह रहेका छन् ।  






Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi