[ ]
Latest News Updates

ADVERTISE WITH US

पुलको पिलरमा मोटरसाइकल ठोक्किदा चालकको ज्यान गयो
Monday, May 2, 2016 Posted by Chitra Khabar

सप्तरी, वैशाख २१ । सप्तरीको कन्चनरुप नगरपालिका–८ मा आज बिहानै मोटरसाइकल अनियन्त्रित भई पुलको पिलरमा ठोक्किदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सप्तरी कै मानराजा–२ का ३० बर्षीय मनोज राम रहेका छन् । उनको उपचारको क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा आज बिहान साढे ५ बजे मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार ५५ बर्षीय देव चन्द्र झाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
आज बिहान ३ बजे स२प २७२५ नम्बरको मोटरसाइकल सुन्दरी पुलको बायाँ छेउको पिलरमा ठोक्किएको थियो । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi