[ ]
Latest News Updates

ADVERTISE WITH US

मित्रपार्कमा सवारी दुर्घटना, ५ जना घाइते /फरार भए ट्याङकर चालकको
Tuesday, May 3, 2016 Posted by Chitra Khabar

 २०७३/०१/२२, काठमाडौँ.
बुधबार बिहान साढे ३ बजे काठमाडौँको मित्रपार्कमा  विहानै बा २ ख ९१३७ नम्बरको पानी ट्याङकर र बा १३ च ६८२२ नम्बरको डेलीभरी भ्यान एक -आपसमा ठोकिदाँ ५ जना घाइते भएका छन् ।
file photo
कपनमा बस्दै आएका ओखलढुङ्गाको  श्रीचोरका भ्यान चालक अवन नेपाल, भ्यानमा सवार कपन मै बस्ने रामेछाप हिलेकी चन्द्रकला श्रेष्ठ, झापाकी कविता श्रेष्ठ, काभ्रे देउपुरका रत्न बहादुर डोटेल र बाग्लुङ्गका दिल बहादुर खड्का घाइते भएका छन । दुर्घटनामा घाईते भएकाहरुको काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको छ । दुर्घटना पश्चात फरार रहेका ट्याङकर चालकको खोजी कार्य भैरहेको छ भने दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi