किर्तिपुरमा मिनि ट्रकले ब्याक गरेर बच्चा लाई दियो ठक्कर / ठक्करबाट २ बर्षिय बालकको मृत्यु
२०७३/०२/०३,
-----------------
आज बिहान साढे १० बजे काठामाण्डौको किर्तिपुर नगरपालीका १ मा स्थित आर जे बालुवा डिपोमा बा १ ख ९८८६ नम्बरको मिनिट्रकले बालुवा भरी पछाडी सार्ने क्रममा मकवानपुर घर भई हाल किर्तिपुर ट्याङलाफाट बस्ने २ बर्षिय योगेश लामालाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।
घाईते बालकको उपचारको क्रममा सहिद मेमोरीयल अस्पतालमा मृत्यु भएको छ । दुर्घटनामा संलग्न मिनिट्रक र चालक महानगरीय प्रहरी वृत किर्तिपुरको नियन्त्रणमा ।




