[ ]
Latest News Updates

ADVERTISE WITH US

ट्राफिक प्रहरीले चितवन बाट बैशाख मात्रै २९ लाख ४४ हजार रुपैया राजश्व संकलन
Tuesday, May 24, 2016 Posted by Chitra Khabar


गीता घिमिरे , जेठ ११ भरतपुर,
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बैशाख महिनामा मात्रै २९ लाख ४४ हजार रुपैया राजश्व संकलन गरेको जनाएको छ । ट्राफिक नियम उल्लंघन गरेका विभिन्न ५ हजार ३०० सय वटा सवारी साधनहरुलाई कारवाही गरेर कार्यालयले बैशाख महिनाको अन्तिम दिन सम्ममा मात्रै सो राजश्व संकलन गर्न सफल भएको हो । बैशाख महिनामा ४२२ वटा बसबाट २ लाख ३५ हजार, १ हजार ७३६ वटा ट्रकबाट ९ लाख ३० हजार ७ सय, २७१ वटा ट्रयाक्टरबाट १ लाख ५९ हजार ४ सय, ९ सय ४५ वटा कार÷जीपबाट ४ लाख ६६ हजार, १ हजार ८ सय १० वटा मोटरसाईकलबाट १० लाख ८६ हजार ९ सय र १ सय १६ वटा टेम्पोलाई कारवाही गरी ६५ हजार ५ सय रुपैया राजश्व संकलन गर्न आफुहरु सफल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरिक्षक राजन भेट्वालले जानकारी दिनुभयो ।

trafficking
कारवाहीमा सवारी साधनहरुका चालकले हेल्मेट नलगाउने, सीट बेल्ट नबाध्ने, क्षमताभन्दा बढी यात्रुहरु चढाउने, क्षमता भन्दा बढी सामानहरु लोड गर्ने, सही ठाउमा पार्किङ नगर्ने, सवारी चलाउदा चाहिने कागजपत्र नबोक्ने लगायतका ट्राफिक नियमहरु उल्लंघन गरेकाले उनीहरुलाई कारवाही गरिएको ट्राफिक प्रमुख भेट्वालले बताउनुभयो । ट्राफिक प्रहरी कार्यालय चितवनले यसअघि चैत महिनामा मात्रै विभिन्न ४ हजार ९ सय ५० वटा सवारी साधनहरुलाई कारवाही गरी २७ लाख १६ हजार ५ सय रुपैया राजश्व संकलन गरेको थियो । चितवनका ट्राफिक प्रमुख भेट्वालले दुर्घटना न्यूनिकरणमा आफुहरुको विभिन्न कार्यक्रम एवम् अभियान जारी रहेको बताउदै जिल्लामा पछिल्लो समय चेकजाचलाई तिव्र पारेर दुघर्टनामा कमी ल्याउन सफल भएको बताउनुभएको छ । भेट्वालले ट्राफिक नियमको पालना गरेर सवारी साधन चलाउन सम्पूर्णमा आग्रह गर्नुभएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi