कास्कीमा मोटरसाइकल दुर्घटना १ को मृत्यु , प्रहरी जवान पुर्ण बहादुर सहित ३ घाइते
२०७३/०५/१२ कास्कीमा मोटरसाइकल दुर्घटना १ को मृत्यु , प्रहरी जवान पुर्ण बहादुर सहित ३ घाइते
-------------------------------------------------------------------------------
गएराती पौने १ बजे कास्कीको लेखनाथ-३ मा तिव्रगतिमा आएको ग ११ प ७३९३ नम्बरको मोटरसाइकलले रोकि राखेका ग १० प ३२९१ र लु १९ प ४९४१ नम्बरको मोटरसाइकलमा ठोकिदा स्थानीय ३६ वर्षिय ज्ञान पुनको घटनास्थल मै मृत्यु भएको छ ।
दुर्घटनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी जवान पुर्ण बहादुर दराई,लेखनाथ नगरपालिका-२ का गोेविन्द पुन,रिठ्ठेपानीका लिला पुन भने घाइते भएका छन् । उनीहरुको पश्चिम क्षेत्रिय अस्पताल पोखरामा उपचार भइरहेको छ ।




