[ ]
Latest News Updates

ADVERTISE WITH US

काभ्रे बस दुर्घटनाका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने
Wednesday, August 17, 2016 Posted by Chitra Khabar

काभ्रेमा बस दुर्घटनामा घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । 
राष्ट्रिय ट्रमा सेन्टरमा घाइतेलाई भेट्ने क्रममा गृहमन्त्री विमलेन्द्र निधिले उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन् । ‘घाइतेको निस्शुल्क उपचार हुनेछ । उपचारमा कुनै कसर बाँकी रहनेछैन । उपचार जतिसक्दो चाँडो गर्न अस्पताललाई निर्देशन दिइएको छ,’ घाइतेलाई भेटेपछि निधिले पत्रकारसाग भने ।

बस दुर्घटना भएको खबर प्राप्त भएलगत्तै प्रधानमन्त्री प्रचण्डले घाइतेको तत्काल उद्धार गर्न निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि घाइतेको उद्धार गर्न तत्काल सेनाको हेलिकोप्टर घटनास्थलतर्फ खटिएको थियो । काभ्रेको कोसीपारीस्थित बिर्तादेउराली–९ खहरेखोलामा सोमबार बस दुर्घटना हुादा २७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट बिहान ७ बजे काभ्रेको कोसीपारीस्थित मादनकुाडारीतर्फ जाादै गरेको बा।३ख १०६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुादा २७ जनाको मृत्यु र ३६ जना गम्भीर घाइते भएका छन् । बस भीरबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi