[ ]
Latest News Updates

ADVERTISE WITH US

उपत्यकामा यातायात कार्यालय थप गर्न प्रचण्डको निर्देशन
Monday, August 22, 2016 Posted by Chitra Khabar

सवारीसाधनको संख्या बढेपनी सेवा कार्यालय कम हुदा  बेहोर्नुपर्ने सास्ती हट्ने संकेत देखिएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यातायात सम्बन्धि सेवा प्रदायक कार्यालय थप्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई निर्देशन दिएपछि यस्तो संकेत देखिएको हो । 

प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान मन्त्री रमेश लेखक र यातायात सचिवलाई निवासमै बोलाएर यथाशिघ्र सेवा प्रदायक कार्यालय थप्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 
‘सेवाग्राहीको भिडभाड बढी हुदा काममा ढिलासुस्ती हुने गरेको जनगुनासो आएपछि त्यसलाई ब्यबस्थित गैर्न प्रचण्ड तातेका हुन ।

यातायात कार्यालयको कामलाई छिटो छरितो, प्रभावकारी, सुलभ र जनमैत्री बनाउन थप कार्यालय खोल्न उनले निर्देशन  दिएको  सचिवालयले जनायो  ।

उपत्यकामा भक्तपुरमा १ र काठमाडौंमा थप २ कार्यालय थपेर छिटो सेवा दिने व्यवस्था गर्न मन्त्री लेखकलाई निर्देशन दिएका प्रचण्डले सवारी चालक अनुमति पत्रको परीक्षा एकैचोटी चार-पाँच हजारको संख्यामा लिन, नविकरण, रुट परमिट लगायतका कामलाई अनलाइन प्रणालीबाट सुरु गर्न पनि  निर्देशन दिएका छन । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi