[ ]
Latest News Updates

ADVERTISE WITH US

भक्तपुरमा जन्ती बस दुर्घटना / ३० जनाभन्दा बढी घाइते
Thursday, August 25, 2016 Posted by Chitra Khabar

भक्तपुरको नगरकोटस्थित जितपुर भन्ने स्थानमा जन्ती बस दुर्घटना हुँदा ३० जनाभन्दा बढी घाइते भएका छन् ।
Bhaktapur-Mapचरेलीबाट जन्ती लिएर काठमाडौंको कोटेश्वर आउँदै गरेको बा ४ ख १९०५ नम्बरको बस घुम्तीमा मोडिन नसक्दा दुर्घटनामा परेको भक्तपुरकी एसपी किरण बज्राचार्यले जानकारी दिइन् ।
बस सडकबाट करिब २५ मिटर तल खसेको एसपी बज्राचार्यले बताइन् ।
घाइतेमध्य १८ जनाको भक्तपुर अस्पतालमा र ११ जनाको मध्यपुर अस्पतालमा उपचार भैरहेको छ । घाइतेमध्य केहीको अवस्था गम्भिर देखिएको छ ।
एसपी बज्राचार्यले भनिन्, ‘यो रुटमा चल्ने बस होइन । त्यसैले बाटोबारे जानकारी नहुँदा बस दुर्घटनामा परेको हुनसक्ने अनुमान छ ।’

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi