[ ]
Latest News Updates

ADVERTISE WITH US

सडकपेटीमा सवारी साधन पार्किङ गरेको देख्नु भए फोटो खिचेर पठाउनुहोस , कारवाही गर्नेछौ {‘पैदलयात्रु सुरक्षा अभियान २०७३’}
Tuesday, August 16, 2016 Posted by Chitra Khabar

सडक सुरक्षा अन्तर्गत पैदलयात्रु सुरक्षा पहिलो प्राथमिकताभित्र पर्दछ, र अहिले बनेका नयाँ सडक संरचनाहरुमा पैदलयात्रुहरुलाई प्राथमिकता दिएको देखिन्छ पनि । तर, पैदलयात्रुको लागि बनाइएका सडकपेटीहरुको अतिक्रमणले गर्दा पैदलयात्रुले अपेक्षित लाभ लिन पाएका छैनन् ।
 पैदलयात्रुहरुको लागि बनाइएका सडकपेटीहरुमा दृष्टिविहीनहरुको लागि भनेर टेक्टाइल पेभिङ (Tactile Paving) पनि गरिएको छ । तर, त्यसको अर्थ र महत्व नबुझेरसडकपेटीबाट मोटरसाइकल चलाउने, सडकपेटीमा पार्किङ गर्ने आदि कृयाकलाप भैरहेको पाइन्छ । त्यस्ता नियम विपरितका कार्यहरुलाई निरुत्साहित एवं नियन्त्रण गर्न अनाधिकृत पार्किङ नियन्त्रणलाई तिब्र रुपमा अगाडि बढाइदैछ ।
सहज एवं सुरक्षितसाथ पैदलयात्रा गर्ने वातावरण निर्माणमा सबैको सकारात्मक भूमिका हुनु जरुरी छ । त्यसैले सडकपेटीबाट सवारी साधन चलाउने वा सडकपेटीमा सवारी साधन पार्किङ गर्ने कार्य कहिल्यै नगरौं । साथै, सडकपेटीमा सवारी साधन पार्किङ गरेको देख्नु भयो भने उक्त स्थान र सवारी साधनको नम्बर प्रष्ट देखिने गरी फोटो खिचेर हामीलाई पठाउन सक्नुहुनेछ । त्यस्ता सवारी साधनमाथि कानुनबमोजिम कारवाही हुनेछ । तपाइको नाम ठेगाना इछ्या अनुसार गोप्य राखिने छ 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi